क्रिकेट टोलीका कप्तान रोहित कुमार पोड़ैल आईसिसि क्रिकेट खेलेर स्वदेश फर्किए

IMG-20241107-WA0278

काठमांडू: नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको बताएका छन्।
क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए।
जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ। विशेषगरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्‍यौं। टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्‍यौँ।’
नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो। जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो।
दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो। ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो।

About Author

Advertisement