काठमांडू: काठमांडू महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ। बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि सो कारबाही गरिएको हो।