मनाङ: खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ–२ मा उपनिर्वाचन हुने भएको छ।
सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे (राजिब गुरुङ) पदमुक्त हुने अवस्थामा पुगेका छन्। सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई सदर गरेको हो।