प्रदेश भाजपाले गरे केन्द्र सरकारको निर्णयको स्वागत

IMG-20240717-WA0003

गान्तोक: केन्द्र सरकारले राष्ट्रिय राजमार्ग १० अन्तर्गत ५२.१० किलोमिटर लामो सेवक-रम्फू खण्ड राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) लाई हस्तान्तरण गरेको छ।
राष्ट्रिय राजमार्ग १० को मर्मतसम्भारको जिम्मा पश्चिम बंगाल सरकारबाट एनएचआईडीसीएललाई हस्तान्तरण गर्ने निर्णय सिक्किम लगायत दार्जिलिङ र कालेबुङ जिल्लाको मागलाई ध्यानमा राख्दै लिइएको भारतीय जनता पार्टी (भाजपा) सिक्किमले बताएको छ।
प्रदेश भाजपाले उक्त निर्णयको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। प्रदेश भाजपाले राष्ट्रिय राजमार्ग १० को सोचनीय अवस्थालाई लिएर विभिन्न मञ्चहरूमा बारम्बार माग उठाएको र मन्त्रालयमा पत्राचार पनि गरेको आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
केन्द्र सरकारको यस निर्णयले सिक्किम र उत्तर बंगालको पहाडी क्षेत्रका मानिसहरूलाई फाइदा पुग्ने प्रदेश भाजपाले विश्वास व्यक्त गरेको छ। एनएचआईडीसीएलको देखरेखमा राष्ट्रिय राजमार्ग १० को समयमा मर्मत, मर्मतसम्भार र विस्तार हुने आशा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement