मङपू गोल्डकप फूटबल टुर्नामेन्ट२०२४: रोमाञ्चक खेलमा युकेएफसी बन्यो च्याम्पियन

WhatsApp-Image-2024-11-06-at-19.06.53

मङपू: दार्जीलिङ पहाडी भेकको चर्चित फूटबल क्लब युकेएफसी  मङपू गोल्डकप फूटबल टुर्नामेन्टको फाईनल खेलमा विजयी भएको छ। मङपू युथ  क्लबको आयोजनामा  यो खेल मङपू जन मैदानमा सप्पन्न भयोl फाइनल खेल हिमालयन स्पोर्टिङ कल्ब सिक्किम  र युकेएफसी माझ भएको थियोl

निक्कै रोमाञ्चक खेलको ६७ मिनटमा युकेएफसीका खेलाडी जर्सी नम्बर ८ सतीश राईले खुबै राम्रो गोल हालेl यही गोलले नै युकेएफसी मङपू गोल्डकप फूटबल टुर्नामेन्ट२०२४ को च्याम्पियन बन्न सक्षम भयो। आजको खेलको  सर्वश्रेष्ठ खेलाडी सतीश राईलाई  चयन  गरियो।

यस फाइनल खेलमा प्रमुख अतिथि सभासद रतन  थापा, विशिष्ट अतिथिहरु खरसाङ पञ्चायत समितिको अध्यक्ष अनु प्रधान, सभासद सिनोरा नाम्चु, कालेबुङ खण्ड एक पञ्चायत समितिका उपसभापति उत्तम राई, सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने र अन्य अतिथिहरूको बाहुलीबाट पुरस्कार प्रदान गरियो। रेसेप ग्राम पञ्चायत प्रधान पुष्कर सिङरको अध्यक्षता सप्पन्न भएको फाइनल खेलको संचालन विज्ञान मिश्र, बिभोर स्याङ्देन, ऋषि स्याङ्देन र सुदर्शन तामाङले गरेका थिए। आजको कार्यक्रममा तीनवटा ग्राम पञ्चायत प्रधान  उपप्रधान अनि सदस्यहरु उपस्थित थिए।

About Author

Advertisement