माँ जगद्धात्रीको २१ फिटको मूर्ति सिलगढीमा देखिने

IMG-20241106-WA0159

सिलगढी: हरेक पटक जस्तै यस पटक पनि सिलगढीको कलेजपाडा जगद्धात्री पूजा समितिले जगद्धात्री पूजाको आयोजना गरेको छ। पूजा यो वर्ष चौथो वर्षमा प्रवेश गर्न लागेको छ। बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो। सो अवसरमा जगद्धात्री पूजा समितिका अध्यक्ष मदन भट्टाचार्य, पूजा समितिका सचिव सौरभ भास्करलगायतको उपस्थिति रहेको थियो। यस पूजाको उद्घाटन भोलि सिलगढीका मेयर गौतम देवले गर्नेछन्, जसमा प्रमुख व्यक्तित्वहरू पनि उपस्थित रहनेछन्। मुख्य आकर्षणको रुपमा रहेको चन्दननगरको २१ फिट अग्लो जगद्धात्रीको मूर्ति रहेको मण्डपलाई पनि ५१ पीठको शैलीमा सजाउन लागिएको हो। चन्दननगरको बत्ती बालिएको छ। साथै धम्सा मदल नृत्य पनि प्रख्यात कलाकारहरुको प्रस्तुति रहनेछ। यसका साथै पूजाको अवधिमा सांस्कृतिक कार्यक्रम तथा सामाजिक कार्यक्रमहरु समेत हुने र सबैका लागि विशेष मनोरञ्जनको पनि आयोजना गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement