काेशी प्रदेशमा छठ मनाउन दुई दिन बिदा

IMG-20241106-WA0095

विराटनगर: काेशी प्रदेशमा छठ पर्व मनाउनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिएकाे छ।
सूर्यदेवको उपासना गर्दै चार दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ। बिहीबार संघिय सरकारले बिदा दिएकाे छ। प्रदेश सरकारले नवंबर ८का दिन जिल्लामा छठ समापनकाे बिदा दिएकाे हाे।
पहिलो दिन मंगलबार नहाय खाय मनाइँदैछ। बुधबार खरना पर्व मनाइन्छ। तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो। तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ्य दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुन्छ।
तराई मधेशमा छठ पर्वको तयारीले भइरहेको छ। छठको पूजाका लागि बजारमा किनमेलका लागि घुइँचो लागेको छ। नदी, पोखरी तथा जलाशयलाई पनि सजाइएको छ ।प्रदेश सरकारले नवंबर १० आइतबार पनि सार्बजनिक विदा दिएको छ। राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement