नयाँ दिल्ली: बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीज २२ नोभेम्बरदेखि पर्थमा शुरु हुनेछ, जसमा भारतीय कप्तान रोहित शर्मा पहिलो टेस्ट म्याचमा खेल्ने सम्भावना कम्ती नै रहेको छ। रोहितको यस्तो फसेलाले पूर्व क्रिकेटर सुनिल गावस्कर निराश छन्। गावस्करले बताएअनुसार, टीम लाजमर्दो हारबाट मुक्त हुने प्रयास गरिरहेको समय कप्तान शुरुवातदेखि नरहनु चिन्ताजनक कुरा हो। यसैकारण पहिलो म्याचमा नखेले रोहितले सीरीजको रहल म्याचहरू साधारण खेलाड़ीको रूपमा खेल्नु उचित हुनेछ अनि उपकप्तानले पूरा सीरीजमा टीमको अगुवाई गर्नु पर्नेछ। गावस्करले भने, रोहित शर्माले अष्ट्रेलियामा सीरीजको पहिलो दुईवटा टेस्ट म्याचमा नखेल्ने मैले जानकारी पाएको छु। यस्तो स्थितिमा चयन समितिले जसप्रीत बुमराहलाई अष्ट्रेलिया यात्राको निम्ति टीमको कप्तानी नियुक्त गर्नु पर्नेछ। यसको साथमा रोहितलाई पूरा सीरीजमा साधारण खेलाड़ीको रूपमा खेल्नु लगाउनु पर्नेछ। सीरीजको पहिलो टेस्टमा कप्तान नखेल्नु ठूलो झट्का हुनेछ। यसअघि मुम्बईमा २५ रनले निराशाजनक हारपछि रोहितले २२ नोभेम्बरदेखि पर्थमा शुरु हुने पहिलो टेस्ट म्याचको निम्ति अष्ट्रेलिया यात्रा गर्ने विषयमा अनिश्चितता व्यक्त गरेका थिए। रोहितको अनुपस्थितिमा बुमराहले टीमको कप्तानी गर्नेछन्। यसबाहेक यशस्वी जयसवालसँग अभिमन्यु ईश्वरनले ओपनिंग गर्नेछन्।