देउरालीको होटलमा आगलागी हुँदा सामान्य क्षति

IMG-20241105-WA0237

गान्तोक: राजधानी गान्तोकको देउरालीस्थित होटल सुमिटेल साङ्ग्रीलामा आज दिउँसो आगलागी भयो। आगो होटलको बेसमेन्टमा लागेको थियो। होटलका एकजना स्टाफको भनाइअनुसार दिउँसो करिब साढ़ेबाह्र बजी वाइफाइको राउटर पढ़्केर आगो सल्केको हो। उक्त सानो कोठामा केही प्लाइवुड अनि लुगाहरू राखिएको थियो जसको कारण तत्काल आगोले निक्कै उग्र रुप लियो।
पहिले होटलका कर्मचारीहरूले नै आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। तर, आगो अनियन्त्रित हुँदै गएपछि गान्तोक फायर स्टेशनमा सूचित गरिएको थियो। सूचना पाएपछि पीआइ सोनाम भोटियाको अगुवाइमा दुईवटा दमकल घट्नास्थलमा पुगेर केही समयको कशरत पछि नै आगोलाई नियन्त्रणमा ल्यायो।
अग्नीशमन विभागको तत्परताको कारण आगलागीको ठूलो ज्यामालको क्षति भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement