मन्त्री खरेलको अध्यक्षतामा समीक्षा बैठक

IMG-20241105-WA0235

गान्तोक: राज्यको विद्युत विभागको मासिकरूपमा आयोजना गरिने समीक्षा बैठक आज विभागको कार्यालयमा विधायक एवं विभागका सल्लाहकार सञ्जीत खरेलको अध्यक्षता एक समीक्षा बैठक सम्पन्न भयो। यस बैठकमा विभागका सचिव विकास देवकोटा, पीसीई (रेभ्नयु नोडल सेल) टीटी भोटिया, मुख्य अभियन्ता लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्ने क्रममा विधायक खरेलले राजस्व असुलीको महत्वलाई पुन: जोड दिँदै सबै पदाधिकारीहरूलाई राजस्व संकलनलाई प्राथमिकता दिन र सबै बक्यौताको असुली सुनिश्चित गर्न निर्देशन दिए। उनले औद्योगिक क्षेत्रको विद्युत आपूर्तिमा बारम्बार अवरोध हुने गरेको विषयमाथि पनि प्रकाश पारे। यी क्षेत्रहरूमा विद्युत आपूर्ति असफल हुँदा विभागलाई ठूलो राजस्व घाटा हुने भएकाले उद्योगहरूलाई नियमित विद्युत आपूर्ति कायम राख्न निर्देशन दिए।
उनले विद्युत प्रसारण र वितरण लाइनको मर्मतसम्भारमा संलग्न लाइनम्यानहरूलाई तालिम प्रदान गर्न निर्देशन दिए। पावर ग्रिडबाट आयोजनाको जिम्मा लिँदा सहजरुपमा ट्रान्जिसन सुनिश्चित गर्दै पीजीसीआइएलले निर्माण गरेको प्रसारण र वितरण लाइनको जिम्मा लिनुअघि कनिष्क अभियन्ताहरूलाई तालिमका लागि खटाउन निर्देशन दिए।

About Author

Advertisement