सडक निर्माण कार्यलाई तीव्रता दिन मन्त्री दाहालको निर्देश

IMG-20241105-WA0234

गेजिङ: गत वर्षदेखि देन्ताम र गेजिङ जोड्ने मुख्य सडक पुल नजिक ढ्याङ्गे क्षेत्रमा बन्द छ। सडक बन्द हुँदा यात्रीहरूलाई नवीन पुलको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। सडक पुनर्निर्माण कार्यलाई अझै केही समय लाग्ने भएपछि मुख्यमन्त्रीको निर्देशनमा सरकारका सडक विभागका मन्त्री एन.बी. दाहालले मंगलबार उक्त सडकको स्थलगत निरीक्षण भ्रमण गरे। उनले निर्माण कार्यलाई कुनै पनि बाधा अवरोध बिना निरन्तरता दिन विभागीय अधिकारीहरूलाई निर्देशन दिए। सडकको स्थलगत निरीक्षणमा क्षेत्र विधायक सुदेश कुमार लिम्बू, विभागका अभियन्ताहरू, निर्माण ठेकादार प्रतिनिधि तथा अन्य सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। भ्रमणका क्रममा मन्त्री दाहालले स्थानीय वासिन्दाहरू, व्यापारीहरू, र यात्रुहरूलाई पर्ने असुविधाबारे जानकारी लिए र निर्माण कार्यको प्रगति अनुगमन गरे। उनले निर्माणको गति तीव्र बनाउन र निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई थप प्रयास गर्न आग्रह गरे। सडक निर्माणको काम पूरा भएपछि यो सडक स्थानीय र क्षेत्रीय यातायातका लागि महत्वपूर्ण मार्ग हुने विश्वास गरिएको छ। यसले स्थानीय जनताको जनजीवनलाई सहज बनाउनुका साथै आर्थिक विकासमा टेवा पुर्‍याउनेछ। बाढको प्रभावले गर्दा यस ठाउँ केही जोखिम रहेको र अब उसो कार्य गर्नलाई कुनै बाधा नपुर्‍याइ निरन्तरता दिए सडक सुचारु गर्न निर्देश दिएका छन्। यसबाहेक मन्त्रीले राज्यभित्र भएका विभिन्न क्षतिग्रस्त सडक अनि पूलहरुको पनि मन्त्री दाहालले निरीक्षण गरेका छन्।
यस स्थानमा स्थानीय जमीन मालिकहरु सँग बातचीत गरे। गत वर्ष बाडीले ध्वस्त बनाएको देन्ताम स्थित घ्याङगर सडक मर्मत कार्य हर सम्भव एक हप्ता भित्र सानो गाडी कुद्न सक्ने सडक खोल्न ठेकादार साथै विभागीय कर्मचारी दिए सशक्त निर्देश गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement