भारतीय बक्सर मनदीप जांगड़ाले जिते डब्ल्यूबीएफ खिताब

IMG-20241105-WA0188

नयाँ दिल्ली: भारतीय पेशादार बक्सर मनदीप जांगड़ाले केमन आइल्याण्डमा ब्रिटेनका कोनोर मेकिण्टोशलाई पराजित गरी विश्व बक्सिंग महासंघ (डब्ल्यूबीएफ)-को सुपर फेदरवेट विश्व खिताब जिते। पूर्व ओलम्पिक रजत पदक विजेता रोय जोन्स जूनियरबाट प्रशिक्षण लिने ३१ वर्षीय जांगड़ाले आफ्नो पेशादार करियरमा अहिलेसम्म केवल एउटा हारको सामना गरेका छन्। ब्रिटिश बक्सरविरुद्ध लड़ाइँको अधिकांश राउण्डमै उनको पल्ला भारी रह्यो। जांगड़ाले शुरुदेखि नै शक्तिशाली घुस्सी लगाए अनि पूरा १० राउण्डमा आफ्नो जोश कायम राखे। यसरी ब्रिटिश बक्सरले चाहिँ गति कायम राख्न संघर्ष गर्नु पऱ्यो। कोनोरले पुनरागमन गर्ने प्रयास गरे तर भारतीय बक्सरले पनि अधिकांश राउण्डमै बढ़तलाई कायम राखे। बाउट जितेपछि जांगड़ाले भने, यो मेरो करियरको सबैभन्दा ठूलो जीतहरूमा एउटा हो। यसलाई हासिल गर्न मैले धेरै साल कड़ा मेहनत गरे। देशको निम्ति खिताब जित्न पाएर म खुशी र गर्वित छु।
हरियाणाका निवासी जांगड़ाले २०२१-मा पेशादार बक्सिंगमा पदार्पण गरेका थिए। यस खिताबले भारतीय बक्सरहरूलाई पेशादार बन्नमा प्रेरित गर्ने उनले आशा व्यक्त गरे। उनले भने, मेरो विचारमा यस खिताबले अन्य बक्सरहरूका निम्ति बाटो खोल्नेछ अनि उनीहरूले पेशादार बक्सिंगमा करियर बनाउने फसेला गर्ने मलाई आशा छ। हाम्रा बक्सरहरू स्तरीय छन् अनि उनीहरूमा प्रतिभाको कुनै कमी छैन। असल प्रमोटर र म्यानेजर पाए उनीहरू विश्व च्याम्पियन बन्न सक्छन्। जांगड़ाले आफ्नो पेशादार करियरमा अहिलेसम्म १२ वटा लड़ाइँमा ११ वटा जितेका छन्, जसमा ७ वटा नक्आउट सामेल छ। उनले एमेच्योर बक्सरको रूपमा २०१४-को कमनवेल्थ गेम्समा रजत पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement