ब्राउन सुगर र लाख रुपियाँसहित दुई जना पक्राउ

photocollage_2024115163142305-copy

सिलगढी: पुलिसले ब्राउन सुगर र लाखौं रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरुको नाम चन्दन बर्मन र उप्पल दास रहेका छन्। यी व्यक्तिहरू क्रमशः गौरसिंह जोत र उत्तर रामधन जोतका बासिन्दा हुन्। पुलिस प्रहरी स्रोतका अनुसार सोमबार राति गोप्य स्रोतबाट सूचना पाएपछि खोरीबारी खानेपानी ट्यांकी चौकीका पुलिस  टोलीले नेपाल–भारत सीमामा रहेको पानी ट्यांकी नजिकै रहेको गौरसिंहस्थित चन्दन बर्मनको घरमा छापा मारेको थियो। खोजी गर्दा पुलिसले ३ ग्राम ब्राउन सुगर र १ लाख ७४ हजार १८० रुपियाँ बरामद गरेको छ। चन्दन बर्मनले पैसा कहाँबाट आयो भन्न नसकेपछि पुलिस पक्राउ गरेको बताइएको छ। पछि पुलिस सोधपुछ गर्दा उप्पल दासलाई पक्राउ गर्यो। पक्राउ परेकाहरुलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो।

About Author

Advertisement