१० लाखको ब्राउन सुगरसहित दुई जना पक्राउ

IMG-20241105-WA0184

 सिलगढी: ब्राउन शुगरको तस्करी गर्नु अघि पुलिसले सिलगढी महकुमा परिषद क्षेत्रमा गुप्तचर अभियान चलाएर दुई जनाका पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार कोलकाता-सिलगढी राष्ट्रिय राजमार्गको मडाती टोल गेट नम्बर ३१ अगाडि दुई युवालाई नियन्त्रणमा लिएर उनीहरूको गाडीको खोजी गर्दा उनीहरूबाट करिब १० लाख रुपियाँको ब्राउन सुगर बरामद भएको समाचार छ। सोधपुछका क्रममा यो ब्राउन सुगर किशनगञ्जबाट सिलगढीमा तस्करी गर्ने योजना रहेको खुलासा भएको बताइएको छ। पक्राउ पर्नेमा मोहम्मद सैयद (३५) र मोहम्मद रहिम (२७) रहेका छन्। दुवै किशनगञ्जका बासिन्दा हुन्। पक्राउ परेकाहरुलाई सिलगढी अदालतमा पेश गरिनेछ। यो लागुऔषध ओसारपसारमा अरु को को संलग्न छन् भन्ने बारेमा पुलिसले उनीहरुको खोजी शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement