विद्यार्थीज्ञान एकाडेमीका लागि छनोट भएका विद्यार्थीहरूसँग मुख्यमन्त्रीले गरे भेट

00-1-Sikkim-Student-1

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले सितापुरस्थित प्रतिष्ठित संस्था विद्यार्थीज्ञान एकाडेमीका लागि छनोट भएका विद्यार्थीहरूसँग भेटघाट गरे। यो संस्था ग्रामीण भारतका महत्वाकांक्षी र उच्च उपलब्धि हासिल गर्ने चाहना राख्ने विद्यार्थीहरूको लागि आशाको किरण बनेको छ। विद्यार्थीज्ञान एक पूर्णतः आवासीय, सह-शिक्षात्मक एकाडेमी हो, जसले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई निःशुल्क विश्वस्तरीय शिक्षा प्रदान गर्दछ। यो एकाडेमी आर्थिक रूपमा विपन्न पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीहरूको क्षमता विकास गर्दै उनीहरूलाई आफ्नो सम्पूर्ण सम्भावना प्राप्त गर्न सक्षम बनाउने उद्देश्यमा समर्पित रहेको छ। मुख्यमन्त्रीले विद्यार्थीहरूलाई यो रुपान्तरणात्मक यात्राको शुभारम्भमा सफलताको कामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई हरेक अवसरलाई आत्मसात् गर्न, ज्ञान र आत्मविश्वासमा वृद्धि गर्न अनि भोलिका अगुवाहरू बन्ने लक्ष्यमा लाग्न प्रोत्साहित गरे।

छनोट भएका विद्यार्थीहरू यसप्रकार छन्:

  • धियान गुरागाईं, गवर्मेंट सेकेण्डरी स्कूल, राले
  • रोहण दाहाल, गवर्मेंट प्राइमरी स्कूल, तिन्तेक सरस्वती
  • रेश्मिका छेत्री, गवर्मेंट सिनियर सेकेण्डरी स्कूल, सोमबारे
  • अनुराधा शर्मा, गवर्मेंट गर्ल्स सेनियर सेकेण्डरी स्कूल क्योङ्गसा

-आईपीआर       

About Author

Advertisement