सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कारसहित बेपत्ता भएका दुईको शव फेला परेको छ। सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव फेला पारेका हुन्।
आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो।
सशस्त्र प्रहरीको उद्धार टोलीले गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो।
कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए।