पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको रिहाको माग गर्दै आजदेखि फेरि आन्दोलन सुरु गर्ने भएको छ। रबि लामिछानेलाई आज म्याद थपका निम्ति अदालतमा पेस गर्ने दिन पोखरामा सशक्त आन्दोलन गर्ने तयारी गरेको छ। त्यसका निम्ति रास्वपा नेताहरू पोखरा पुगेको छन्।










