बिराटनगर: पूर्वी नेपालका ग्राहकको मन जित्दै आएको आइजोन इन्टरनेटले कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीका गाउँ तथा शहरमा आफ्नो सेवा विस्तार गरेको छ। कार्यकारी निर्देशक नवीन श्रेष्ठका अनुसार आइजोनले सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
हाल आइजोनले होम र कर्पोरेट गरी १० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ। सरकारी तथा गैरसरकारी संस्था, बैंक, स्वास्थ्य संस्था, उद्योग, होटल र शैक्षिक संस्थामा २४ सै घण्टा सेवा प्रदान गर्न आइजोन प्रतिवद्ध छ।
मार्केटिङ प्रमुख तारा खतिवडाका अनुसार आइजोन पूर्वकै पहिलो फाइबर इन्टरनेट सेवा प्रदायक हो, जसले छिटो समस्या समाधान र उत्कृष्ट व्यवस्थापनका कारण ग्राहकको मन जित्न सफल भएको छ। ६० भन्दा बढी कर्मचारीसहित आइजोनले गुणस्तरीय सेवा प्रवाहमा निरन्तरता दिएको छ।