सिलगढी: गत शुक्रबार न्यू जलपाईगढीको राजहली बस्तीमा कुटपिटको घटनामा एमडी जहुरीको मृत्यु भएको थियो। घटनाका मुख्य आरोपी मोहम्मद अलाउद्दीनका अनुसार ५ सय रुपियाँ नदिँदा मोहम्मद जहुरीलाई लठ्ठीले कुटपिट गर्दा मृत्यु भएको थियो। दुई दिन बितिसक्दा पनि आरोपी मो. अलाउद्दीन र मो. सलाउद्दीन पुलिसको पहुँच बाहिर छन्। मोहम्मद जहुरीको शवको आज पोष्टमार्टम गरियो। शव यहाँ ल्याएर कब्रिस्तानमा ल्याइएपछि आक्रोशित भीडले मोहम्मद अलाउद्दीनको घरमा आक्रमण गरी तोडफोड गरे। घटनाको जानकारी प्राप्त हुने बित्तिकै न्यू जलपाइगढी थानाको पुलिस आए र मोहम्मद अलाउद्दीनको परिवारलाई उद्धार गरी थाना लगे।