कोचबिहार: बसिरहाट डिभिजनको बसिरहाट नम्बर १ ब्लकको गोत्रा ग्राम पञ्चायतको तेघरिया गाउँका तृणमूल पञ्चायत सदस्य मृत्युञ्जय कर्माकरको घर बाहिर रातिको अँध्यारोमा बम विष्फोटको समाचार अघि आएको छ। बसिरहाट पुलिस चौकीले सीसीटीभी जाँच गरेर घटनाको अनुसन्धान शुरु गरेको छ। समाचार अनुसार यस तृणमूल सदस्यको हत्याको प्रयास यसअघि पनि भएको थियोl

बारम्बार तृणमूल कार्यकर्तामाथि आक्रमण भइरहेको छ भन्ने कुरालाई लिएर तेघरिया गाउँमा तनाव बढेको छ। उनले छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। मृत्युञ्जय कर्माकर बसिरहाटमा भाजपाका प्रभावशाली नेता थिए र त्यहाँबाट तृणमूलमा सामेल भएका थिए। यसबाट सदस्य र उनका परिवार चिन्तित छन्।










