जलपाईगढी: डुवर्सको जंगल सडकको छेउमा पार्क गरिएको कारसँग तेज गतिको बस ठोक्कियो। यस दुर्घटनामा एक जना घाइते भएका छन्। लाटागढी–चाल्सा राष्ट्रिय राजमार्गको लाटागढी जंगलस्थित महाकाल धाम क्षेत्रमा आइतबार दुर्घटना भएको हो। खबर पाएर मटेली पुलिस चौकीको पुलिस घटनास्थल पुगेर बस र कार नियन्त्रणमा लिएको छ। घाइतेलाई उपचारका लागि मैनागढी अस्पताल पठाइएको छ। महाकाल धाम क्षेत्रमा सडक छेउमा गाडी पार्किङ गरेको बताइएको छ। सोही क्रममा लाटागढीबाट बाटाबारीतर्फ आउँदै गरेको बसले कारलाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करका कारण कार सडकबाट झर्दा कारमा सवार एक जना घाइते भएका छन्।









