सिलगढी: भक्तिनगर पुलिसले एक व्यक्तिलाई छापा मारेर पोक्सो मामिलामा पक्राउ गरेको छ। आरोपीको घर भानुनगर बताइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत भक्तिनगर थानाको तल्लो भानु नगर इलाकामा एक बालिकासँग अश्लील व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्। भक्तिनगर पुलिसले आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।









