काठमांडू: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताएका छन्। नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन्।प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो। अरु पार्टीहरुले उनलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ। यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु।’










