गोरुबथान थानाको पहलमा काली पुजाको उपलक्ष्यमा जरुरतमन्दहरुलाई कम्बल वितरण

IMG-20241102-WA0196

गोरुबथान: प्रतिवर्ष नै गोरुबथान थानाले भव्यरुपमा काली पुजाको आयोजना गर्ने गरेको छ। यस वर्ष पनि भव्यरुपमा काली पुजाको आयोजना गर्यो।पुजाको अवसरमा सांगीतिक कार्यक्रम पनि गरिएको थियो।बस अनि चित्र बनाउ प्रतियोगिताको समावेसले कार्यक्रममा थप आकर्षण भएको थियो। काली पुजा समापन पछि आज एक कार्यक्रमबीच गोरुबथान क्षेत्रको जरुरतमन्द मानिसहरुलाई कम्बल वितरण गरियो।

यस कार्यक्रममा मुख्य अतिथीको रुपमा कालेबुङ एस. पी. श्रीहरि पाण्डे आइपिएस रहेको थियो भने अन्य अतिथीहरुमा क्रमैले एसडिपिओ गोरुबथान विक्रमजित लामा, सि. आई. दालिम अधिकारी, सि. आई. वुमेन पिएस अनिल रोय, सभासद ४३ नम्बर समष्टि रतन थापा, निमा तामाङ‌ प्रधान ग्राम पन्चायत १, हेलेन्त बारला आहाले ग्राम पन्चायत, सजिब अधिकारी, ओसी जलढाका आदि रहेका थिए। आजको सम्पुर्ण कार्यक्रमको सन्चालन बिरेन्द्र ढकालले गरेका थिए।यस वर्षको काली पुजा समबन्धि वक्तव्य राजु घिमिरे काली पुजा कमिटि सचिवले राखेका थिए।

पुलिस पक्षबाट दालिम अधिकारी एसपी कालेबुङ श्रीहरि पाण्डेले सारगर्भित वक्तव्य राखे।यसै क्रममा गोरुबथान ४३ नम्बर समष्टि सभासद रतन थापाले आफ्नो छोटो वक्तव्यमा पुलिसको सराहनीय कार्यक्रमको प्रशंसा गरे।गोरुबथान क्षेत्रको आवश्यकमन्द मानिसहरुलाई मुख्य अतिथी तथा अतिथिको बाहुलीबाट ८० वटा कम्बल वितरण गरियो

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement