काठमांडू वायु प्रदूषणको जोखिम उच्च

IMG-20241102-WA0170

काठमांडू: नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमांडूको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठममांडूमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो। इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमांडू
विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ। चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएको छ।
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनि प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

About Author

Advertisement