इनरुवा: नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरीको प्रथम बैठक सफलता पूर्वक सम्पन्न भएको छ। नेकपा एकीकृत माले पार्टी कार्यालय सुनसरीको प्रागणमा एक कार्यक्रम आयोजना गरि उक्त प्रथम बैठक सम्पन्न भएको हो।
नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरी जिल्ला अध्यक्ष तुफेल अन्सारीको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो।
उक्त कार्यक्रममा नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरी जिल्ला कमिटी इन्चार्ज अफाक अहमद, आताबुल अन्सारी, अकरम अन्सारी, अविद हुसैन , लस्करी अन्सारी, तुफेल अन्सारी लगायत नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरीका १२ वटै स्थानिय तहका इन्चार्जहरुको उपस्थिति थिए।
उक्त कार्यक्रममा विभिन्न विषय वस्तुहरुको छलफल भएको र सबै स्थनीय तह इन्चार्जहरुलाई कार्य योजना जिम्मेवारी दिइएको नेपाल मुस्लिम इत्तिहाद संगठन सुनसरी जिल्ला अध्यक्ष तुफेल अन्सारीले जानकारी दिए।









