हङकङ सिक्सेस प्रतियोगिता अन्तर्गत खेलमा नेपालको दोस्रो जित

IMG-20241102-WA0033

काठमांडू: द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले बलियो अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।
एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको नेपालले आफ्नो दोस्रो खेलमा आज अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो।
नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै लोकेश बमले ३३ रन बनाए। विवेक यादव र रसिद खानले समान १२-१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए।
बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए। यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए।

About Author

Advertisement