मुख्यमन्त्री गोलेले लक्ष्मी पूजा र भाईटीकाको बधाई एवं शुभकामना दिए राज्यवासीलाई

photocollage_202482323534148

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले लक्ष्मी पूजा र भाईटीकाको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले उज्यालोको यो पर्वले समानुभूति र करुणाको माध्यमबाट एकतालाई बढावा दिॅंदै हाम्रो जीवनलाई ज्ञान, बुद्धि र सत्यले भरिपूर्ण बनोस् भनी कामना गरेका छन्।मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, म सबै आदरणीय सिक्किमेवासीहरूलाई यस तिहारलाई जिम्मेवारीमा आधारित रमाइलो उत्सव बनाउन अपील गर्दछु। पर्यावरणमैत्री उत्पादनहरू छनोट गरेर र फोहोर घटाएर यस वर्ष सफा र सुखी दीपावली मनाउने प्रतिबद्धता गरौं। प्लास्टिकको सजावट, खेलौना र पटेकाको सट्टा प्राकृतिक माटोका बत्तीहरू र बायोडिग्रेडेबल सामग्रीहरू प्रयोग गर्ने विचार गर्नुहोस्, ताकि हामीले हाम्रो वातावरण संरक्षण गर्दै यस पर्वलाई भव्यताका साथ सम्मान गर्न सकौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement