उर्लाबारी: उर्लाबारी नगरपालिका वडा नं ०३ मंगलबारेस्थित त्रिवेणी चोकमा उर्लाबारीकै सबैभन्दा ठूलो रङ्गोली बनाइएको छ। मंगलबारेको त्रिवेणी भजन किर्तन मण्डली र मंगलबारे भेट्रान क्लवले संयुक्त रुपमा मंगलबारे- सुनपकुवा-सिमसार सडकखण्डमा ३० फुट वर्गाकार क्षेत्रमा सो रङ्गोली तयार गरिएको हो।









