शिक्षा विभागले हटायो उखान गलत भएको दुईवटा नेपाली व्याकरणको पुस्तक

Chhetriya-Samachar-1

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागले सचेत नागरिकको अपिलमा दुईवटा नेपाली व्याकरणमा उल्लेखित  उखान अनुपयुक्त भएको थाहा पाएपछि राज्यको पाठ्यक्रमबाट हटाउने निर्णय गरेको छ। नेपाली माध्यमिक व्याकरण र रचना नवौँ र दशौँ श्रेणी र पूर्वोत्तर माध्यमिक नेपाली व्याकरण र रचना एघारौं अनि बाह्रौँ श्रेणीमा २००९ देखि उक्त व्याकरण सिक्किमभरि पठनपाठनमा लागु गरिएको थियो। शिक्षा विभागका अतिरिक्त निदेशकले प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणको सम्वेदनशीलतालाई ध्यानमा राखी अब उसो उपरोक्त दुवै पुस्तक पठनपाठनमा र सप्लाई समेतमा पूर्ण‌ रोक‌ लगाएको र यसको‌ निम्ति ८ अक्टोबरकै दिन आदेश पनि‌ निकालेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement