कामरूप: कामरूप (ग्रामीण) जिल्लान्तर्गत दक्षिण कामरूपको कुकुरमारामा भयानक आगलागी भएको छ। कुकुरमाराको मध्य भागमा लागेको उक्त आगोले आठवटा पसल जलेर खरानी भएको छ। बुधवार राती लगभग ११.३० बजे माँ केबिन नामक चिया पसलबाट आगो लागेको बताइन्छ। हेर्दा-हेर्दै आगोले एउटा ज्वेलरी शप, एउटा इलेक्ट्रनिक सामानको पसल लगायत आठवटा पसलहरूलाई आफ्नो चपेटमा लियो।
आगलागीको घटनाको सूचना पाउनसाथ छायागाउँ पुलिस सहित दमकलका तीनवटा वाहनहरू घटनास्थलमा पुगेर आगोलाई निभाउनमा जुटे। लगभग दुई घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरियो।