सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष तामाङ पक्राउ

IMG-20241031-WA0422

काठमांडू: काठमांडूको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
अध्यक्ष भीम कुमारी तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमांडूका एसपी नवराज अधिकारीले बताए। ३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ।
उनीविरुद्ध काठमांडू जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement