राजपीपला: प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार पटेल जयन्तीको अवसरमा बिहीबार बिहान सरदार पटेलको प्रतिमामा पुष्पाञ्जली अर्पण गरे। बिहान आयोजित परेडमा उपस्थित भएर सुरक्षाबलहरूको परेडको सलामी लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय एकताको शपथ दिलाए। केवडियामा स्ट्याच्यू अफ् युनिटी समक्ष प्रधानमन्त्री मोदी एकता दिवस परेडमा सामेल भए। यसमा नौ राज्य र एउटा केन्द्रशासित प्रदेशको पुलिस, चार केन्द्रीय सशस्त्र पुलिस बल, एनसीसी र एक मार्चिङ ब्याण्डको १६ मार्चिङ समूह सामेल भयो।विशेष आकर्षणहरूमा एनएसजीको हेल मार्च समूह, बीएसएफ र सीआरपीएफको महिला र पुरुष बाइकरद्वारा साहसी प्रदर्शन, बीएसएफद्वारा भारतीय मार्शल आर्टको संयोजनमा एक शो, स्कूलका विद्यार्थीहरूद्वारा पाइप ब्याण्ड शो, भारतीय वायु सेनाद्वारा सूर्य किरण फ्लाइट आदि सामेल थियो।