वल्लभ भाई पटेलको जन्मजयन्ती पालन

e01f359d44834e8731a0998acaa8d8c9

नयॉं दिल्ली: संसद सदस्यहरू, पूर्व संसद सदस्यहरू र अन्य विशिष्टजनले आज वल्लभभाई पटेलको जयन्तीमा संविधान सदनको केन्द्रिय कक्षमा उनका चित्रमा पुष्पाञ्जली अर्पण गरे।
लोकसभाका महासचिव उत्पल कुमार सिंह, राज्यसभाका महासचिव पीसी मोदी र लोकसभा एवं राज्यसभा सचिवालयका वरिष्ठ अधिकारीहरूले पनि सरदार पटेललाई श्रद्धाञ्जली अर्पण गरे। यस कार्यक्रममा भाग लिने विशिष्टजनलाई लोकसभा सचिवालयद्वारा हिन्दी र अंग्रेजीमा प्रकाशित सरदार वल्लभभाई पटेलको जीनव वृत्त पुस्तिका भेट गरियो।
तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादले २३ अप्रेल, १९५८मा संसद भवनको केन्द्रिय कक्षमा सरदार पटेलको चित्रको अनावरण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement