तवाङमा रक्षामन्त्री राजनाथ सिंहले सरदार वल्लभभाई पटेलको प्रतिमा ‘देशको वल्लभ’ र मेजर रालेंगनाओ ‘बब’ खाथिङ ‘वीरता संग्रहालय’को भर्चुअल माध्यमबाट उद्घाटन गरे

The Union Minister for Defence, Shri Rajnath Singh virtually dedicated to the nation ‘Desh ka Vallabh’ statue of Sardar Vallabhbhai Patel and Major Ralengnao ‘Bob’ Khathing ‘Museum of Valour’ at Tawang (Arunachal Pradesh) on the auspicious festival of lights ‘Deepawali’ & ‘Rashtriya Ekta Diwas’ carried out the inauguration from 4 Corps Headquarters in Tezpur (Assam) on October 31, 2024.

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले आज (३१ अक्टोबर) अरुणाचल प्रदेशको तवाङमा सरदार वल्लभभाई पटेलको प्रतिमा ‘देशको वल्लभ’ र मेजर रालेंगनाओ ‘बब’ खाथिङ ‘वीरता संग्रहालय’ राष्ट्रलाई समर्पण गरेका छन्। रक्षामन्त्री राजनाथ सिंहले असमको तेजपुरमा रहेको ४ कोर मुख्यालयबाट उद्घाटन गरे। उनलाई तवाङ जानु थियो, तर खराब मौसमका कारण जान सकेनन्। दीपावलीको पावन अवसरसँगै ‘राष्ट्रिय एकता दिवस’को अवसरमा भर्चुअल माध्यमबाट उद्घाटन गरे। प्रत्येक वर्ष ३१ अक्टोबरको दिन प्रथम उपप्रधानमन्त्री र गृहमन्त्री सरदार वल्लभभाई पटेलको जन्मजयन्तीको रूपमा मनाइन्छ।

रक्षामन्त्री राजनाथ सिंहले आफ्नो सम्बोधनको शुरुवात वास्तविक नियन्त्रण रेखा (एलएसी)का केही क्षेत्रमा स्थिति बहाल गर्न भारत र चीनबीच भएको व्यापक सहमतिलाई उल्लेख गर्दै गरे। उनले भने, “भारत र चीनबीच एलएसी केही क्षेत्रमा मतभेद हटाउन कूटनीतिक र सैन्यस्तरमा वार्ता भइरहेको छ, जसको परिणामस्वरूप समानता र आपसी सुरक्षाको आधारमा सहमति बनिसकेको छ। यस सहमतिमा परम्परागत क्षेत्रमा गस्ती र चराइको अधिकार समावेश छन्। यस सहमतिका आधारमा सैनिक फिर्ता गर्ने प्रक्रिया लगभग पूरा भइसकेको छ। हाम्रो प्रयास हुनेछ कि यो प्रक्रिया सैनिक फिर्तासम्म सीमित नरहोस्, तर यसका लागि केही समय प्रतीक्षा गर्नुपर्ने छ।”

रक्षामन्त्री राजनाथ सिंहले भारतका लौह पुरुष सरदार पटेललाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। उनले स्वतन्त्रता पश्चात ५६० भन्दा बढी रजौटाहरुलाई एकीकृत गर्न सरदार पटेलको महत्वपूर्ण भूमिकाको सराहना गर्दै भने, ‘यो एक ऐतिहासिक उपलब्धि हो जसले एकीकृत भारतको लागि उनको अदम्य संकल्प र प्रतिबद्धताको प्रमाण दिन्छ। यो प्रतिमा ‘देशको वल्लभ’ जनता सामु एकतामा शक्ति र हाम्रा विविधता बीचको एकता प्रदर्शन गर्ने राष्ट्र निर्माणको आवश्यक उनको अटल भावनालाई सम्झाउन प्रेरित गर्नेछ।” रक्षामन्त्रीले असाधारण व्यक्तित्वका धनी र पूर्वोत्तर क्षेत्र तथा राष्ट्रिय सुरक्षामा योगदान दिएका मेजर बब खाथिङलाई पनि श्रद्धाञ्जली अर्पण गरे। उनले भने, “मेजर खाथिङले तवाङ घाटीमा भारतको शान्तिपूर्ण समन्वयको नेतृत्व मात्र गरेनन्, सशस्त्र सीमा बल, नागाल्याण्ड सशस्त्र पुलिस र नागा रेजिमेन्ट जस्ता आवश्यक सुरक्षा संरचनाको स्थापना पनि गरे। ‘वीरता संग्रहालय’ अब उनको बहादुरी र दूरदर्शिताको सम्मानस्वरूप तयार भएको छ, जसले आगामी पुस्ताहरूलाई प्रेरणा दिनेछ।” रक्षामन्त्री राजनाथ सिंहले एकता र सद्भावको महत्त्व र देशको पहिचानमा पूर्वोत्तरको विशेष भूमिकामा जोड दिए। उनले सम्पूर्ण क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकास सुनिश्चित गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणलाई पुनः व्यक्त गरे। उनले भने, “राष्ट्रको समग्र विकास तभी सम्भव छ जब पूर्वोत्तर समृद्ध हुनेछ। हामी त्यस्तो पूर्वोत्तर बनाउनेछौं, जो केवल प्राकृतिक र सांस्कृतिक रूपमा नभई आर्थिक रूपमा पनि सबल र सम्पन्न हुनेछ।”

रक्षामन्त्री राजनाथ सिंहले क्षेत्रको प्रगतिमा सीमा सडक संगठन (बीआरओ)को महत्वपूर्ण भूमिकालाई विशेष रूपमा उल्लेख गरे। उनले असम र तवाङलाई जोड्ने सेला सुरुङलाई विशेष रूपमा उल्लेख गरे, जसले पूर्वोत्तर क्षेत्रमा सम्पर्क विस्तार गर्दछ। उनले भने, “आगामी समयमा अरुणाचल फ्रन्टियर हाइवे परियोजना सम्पूर्ण पूर्वोत्तर क्षेत्र विशेष गरी सीमावर्ती क्षेत्रहरूलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। २००० किलोमिटर लामो यो राजमार्ग यस क्षेत्रको साथै सम्पूर्ण देशको लागि महत्त्वपूर्ण रणनीतिक र आर्थिक सम्पत्ति हुनेछ।” रक्षामन्त्री राजनाथ सिंहले क्षेत्रमा सशस्त्र बलहरूको सहभागिताको पनि प्रशंसा गरे, जसमा एनसीसी पहलदेखि स्थानीय आर्थिक सहयोग र महत्त्वपूर्ण आपदा राहत प्रयासहरू सम्मिलित छन्। उनले भने, “सशस्त्र बलले न केवल सुरक्षा प्रदान गर्दछ, तर सीमावर्ती क्षेत्रका जनतासँग सहकार्य गरेर त्यस क्षेत्रको विकासको माध्यम पनि बन्छ। यसले पूर्वोत्तरमा विकास, शान्ति र सुरक्षाको प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।”

अरुणाचल प्रदेशका राज्यपाल (सेवानिवृत्त) लेफ्टिनेन्ट जनरल केटी परनायक, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खांडु, केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजु, मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंह, अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चौना मेन र मेजर बब खाथिङको परिवारका सदस्य उद्घाटन स्थलमा उपस्थिति थिए। त्यसैगरी, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, पूर्वी कमानका जनरल अफिसर कमाण्डिङ-इन-चिफ लेफ्टिनेन्ट जनरल आरसी तिवारी, जीओसी ४ कोर लेफ्टिनेन्ट जनरल गम्भीर सिंह र अन्य वरिष्ठ नागरिक र सैनिक अधिकारीहरू रक्षा मन्त्रीसँग भर्चुअल रूपमा सहभागी भए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement