तनहुँको सयपत्री फूल कतार निर्यात

IMG-20241031-WA0381

तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित माला कतार निर्यात भएको छ। गाउँपालिकाको सहयोगमा वडा नम्बर १ को याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरिएको हो।
यसवर्षको पहिलो चरणमा ए ग्रेडको तीन सय वटा सयपत्री माला कतार निर्यात गरिएको हो। यहाँ उत्पादित सयपत्री फूल गत वर्षदेखि कतारमा निर्यात गर्न थालिएको छ।
वैदेशिक रोजगारी तथा व्यवसायका लागि कतार पुगेका नेपालीहरूलाई लक्षित गर्दै अल नहरिन ट्रेडिङ कम्पनीमार्फत फूल कतार पुगेको गाउँपालिकाले जनाएको छ। कतारमा दोहाको रैयानमा रहेको अल नहरिन सुपर मार्केटले सयपत्री फूलको बिक्री गरिरहेको छ।
फूलको साइजअनुसार एक मिटरको मालाको बजारमूल्य २५ देखि ३० रियाल कायम गरिएको जानकारी आएको छ। याञ्चोकटार लघु उद्यमी महिला समुहले ४० रोपनी क्षेत्रफलमा ४० हजार बिरुवा लगाएको छ। दुई दिन समय लगाएर माला तयार गरी कतार निर्यात गरिएको समुहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन। उनका अनुसार समूहमा ७० जना महिला आबद्व भएका छन्।
‘‘एउटा माला आधा किलोग्राम तौलको रहेको छ,’’ उनले भनिन , ‘‘गतवर्ष साढे दुई लाखको बिक्री गरिएकोमा यस वर्ष सातदेखि आठ ८ लाखको बिक्री गर्ने लक्ष्य रहेको छ।’’
महिलाहरु व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क प्राविधिक सेवा, ८५ प्रतिशत अनुदानमा बीउ र बजार बजारको व्यवस्थापन गरिएको उपलब्ध गराएपछि भएको आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।
फूल प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको केसीले बताए। केसीले भने, “फूल निर्यात गरी महिलाको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखेका छौं, बिक्री गर्न सहज होस् भनेर प्लाष्टिकका माला प्रतिबन्ध लगाएका छौँ।’’
गत वर्ष सयपत्री फूलको खेतीबाट उत्साहित भएकाले यस वर्ष पनि निरन्तरता दिइएको अध केसीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement