कोलकाताको सडकमा ५ हजार पुलिसकर्मी तैनाथ

Kolkata-police

कोलकाता: काली पूजा र दीपावलीको अवसरमा महानगरका विभिन्न क्षेत्रमा करिब ५ हजार पुलिस परिचालन गरिने भएको छ। स्रोतका अनुसार बिहीबार सडकमा २१ डिसी श्रेणीका अधिकारी र ३५ सहायक पुलिस आयुक्तहरू तैनाथ गरिने छन्। काली पूजा र दीपावलीमा महानगरका ५ सय स्थानमा पुलिस पिकेट राखिएको छ। लालबजारका एक वरिष्ठ पुलिस अधिकारीले भने कि सादा पोशाकमा डीडीको दश टोलीले विभिन्न क्षेत्रमा निगरानी राख्नेछ। कोलकाता पुलिसको संयुक्त सीपी मुख्यालयका मिराज खालिदले दिपावलीको रातमा पटेका र आतिशबाजी गर्दा कुनै दुर्घटना नहोस् भन्ने सुनिश्चित गर्न स्थानीय पुलिस थाना इन्चार्जले यस क्षेत्रका सबै ठूला घरहरूमा गएर स्थानीयलाई सोधिरहेका छन्। मानिसहरूलाई सावधानी अपनाउनका लागि चेतना जगाउने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement