दीपावलीको दिन बिहान सडक दुर्घटनामा गर्भवती महिलासहित तीन जनाको मृत्यु

IMG-20241031-WA0250

जलपाईगढी: दीपावलीको दिन बिहान राष्ट्रिय राजमार्गमा भएको दुर्घटनामा एक गर्भवती महिलासहित तीन जनाको ज्यान गएको छ। घटना बिहीबार बिहान राष्ट्रिय राजमार्ग १७ मा मलबजार र चाल्सा बीच सतखैया क्षेत्रमा भएको थियो। बिहीबार बनहटको लक्षीपाडा चाबगानकी एक गर्भवती महिलालाई अल्टो कारमा उपचारका लागि मलबजार सुपर स्पेशल अस्पताल लैजाँदै गरेको बताइएको छ। अल्टो कार चाल्साबाट सातखैया क्षेत्रमा पुगेपछि मालबजारबाट आउँदै गरेको कागज बोलेरोले अल्टो कारलाई सिधै ठक्कर दिएको थियो। एक आपसमा ठोक्किँदा दुवै सवारीसाधनमा क्षति पुगेर सडकबाट खसेको छ। गर्भवती महिला सरस्वती उराव र उनकी बहिनी नीता उरावको घटनास्थलमै मृत्यु भएको समाचार छ। चालकले अमन ओरभलाई मंगलबारी ग्रामीण अस्पताल लैजाने क्रममा मृत्यु भएको छ। मृतकको घर बनारहटको लक्षीपाडा चिया बगान क्षेत्रमा रहेको छ। प्रेम उराव र सीता उराँउको हाल माल सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ। खबर पाएलगत्तै मालबजार र मटेली थानाका पुलिस घटनास्थलमा पुगे। शव मेटेली पुलिस चौकीले बरामद गरी दुईवटा कार मालबजार पुलिस  चौकीमा ल्याएको छ। दीपावलीको दिन भएको यो दुर्घटनाले लक्ष्मीपाडा चिया बगान क्षेत्रमा शोक छायो। कागज बोकेको गाडीका चालक भने फरार रहेको बताइएको छ। शव पोस्टमार्टमको लागि बिहीबार जलपाईगढी सदर अस्पतालमा पठाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement