क्रप टपको फेशन

IMG-20241031-WA0110

क्रप टप अर्थात् छोटो टिसर्ट। यो टप पछिल्लो समय युवतीहरूबीच लोकप्रिय बनेको छ। कम्मर र पेटलाई आकर्षण देखाउन क्रप टप धैरैले रुचाउने गरेका छन्। सत्तरी र असीको दशकमा क्रप टप फेसनको दुनियाँमा भित्रिएको हो। त्यतिबेला पप कल्चरसँगै क्रप टपको प्रचलन पनि आएको हो। अहिले फेरि क्रप टप फेसनमा चलेको छ। क्रप टप सहज हुनुका साथै यसले कुल र स्टाइलिस देखाउँछ। क्रप टपलाई विभिन्न तरिकाले लगाउन सकिन्छ। गर्मी मौसममा यो एकदमै उपयोगी हुन्छ।

एथनिक वेयरसँग क्रप टप: क्रप टप मल्टीपपर्ज आउटफिट हो। यसलाई फरक फरक पहिरनसँग विभिन्न तरिकाले स्टाइल दिन सकिन्छ। विशेषगरी कलेज पढ्ने युवतीहरूबीच यसको क्रेज धेरै देख्न सकिन्छ। तर जुनसुकै उमेर समूहका महिलाहरूले क्रप टपलाई जिन्स, सर्टस, ट्राउजर वा प्लाजोसँग मिलाएर लगाउन सक्छन्। क्रप टपलाई वेस्टर्नसँगै परम्परागत पहिरन जस्तै साडी, लेहेंगा र एथनिक पहिरनमा लगाउन सकिन्छ। पछिल्लो समय लेहेंगा सबैको रोजाइ बन्ने गरेको छ। सिम्पल लेहेंगालाई स्टाइलिस देखाउनका लागि क्रप टप लगाउन सकिन्छ। अफ सोल्डर क्रप टप लेहेंगामा एकदमै सुहाउँछ।

स्कर्टसँग क्रप टप: लङ स्कर्टसँग अफ सोल्डर क्रप टप मिलाएर लगाए आकर्षक लुक दिन सकिन्छ। स्कर्ट, डेनिम, म्याक्सी स्कर्टसँग पनि क्रप टप लगाउन सकिन्छ। यसले मोर्डन र स्टाइलिस लुक दिन्छ। पेन्सिल स्कर्टसँग क्रप टप लगाउँदा फेसनेबल देखिन्छ। घुँडासम्मको लम्बाइ भएको ए लाइन वा फ्लेयर्ड स्कर्टमा पनि क्रप टप राम्रो देखिन्छ। गर्मी मौसममा म्याक्सी स्कर्टसँग क्रप टप परफेक्ट हुन्छ। प्रिन्टेड स्कर्टसँग प्लेन क्रप टप वा प्लेन स्कर्टसँग क्रप टप लगाउन सकिन्छ। क्रप टप र स्कर्ट दुवै प्लेन लगाउन पनि सकिन्छ। म्याक्सी स्कर्टसँग अफ सोल्डर, फुल स्लिभ, लुज वा फ्लेयर्ड जुनसुकै क्रप टप लगाउन सकिन्छ।

जिन्ससँग क्रप टप: क्रप टप र जिन्सको संयोजन एकदमै मिल्छ। यो एकदमै सहज र ट्रेन्डी देखिन्छ। हरेक डिजाइन र रंगको जिन्ससँग क्रप टप सुहाउँछ। हाइवेस्ट, मम जिन्स, ब्वाइफ्रेन्ड जिन्स, फ्लेयर्ड, बुटकट जिन्स सबैसँग क्रप टप लगाउन सकिन्छ।

प्लाजोसँग क्रप टप: क्रप टपसँग प्लाजो लगाउँदा कुल र एलिगेन्ट लुक दिन्छ। दैनिक लगाउनका लागि कलरफुल क्रप टपमा सादा प्लाजो लगाउन सकिन्छ। प्रिन्टेड प्लाजोसँग भने सादा क्रप टप राम्रो देखिन्छ। विशेष पार्टी वा इभेन्टमा सिफनको क्रप टपमा हेभी सिल्कको प्लाजो लगाए स्मार्ट देखिन्छ।

ज्याकेटसँग क्रप टप: डेनिम ज्याकेट, लेदर ज्याकेट, ट्रेन्च कोटसँग क्रप टपको संयोजन मिलाउन सकिन्छ। यसले स्टाइलिस लुक दिन्छ। क्रप टप मात्र लगाउन असहज मान्नेहरूले ज्याकेटसँग लगाउन सक्छन्। ज्याकेटसँग लगाउँदा स्टाइलिस देखिनुका साथै सहज पनि महसुस हुन्छ।

लेहेंगासँग क्रप टप: फ्लोरल क्रप टप सदाबहार पहिरन हो। यस्ता क्रप टपले एलिगेन्ट लुक दिन्छन्। लेहेंगासँग फ्लोरल क्रप टप लगाउन सकिन्छ। त्यसका साथमा लेहेंगामा अफ सोल्डर डिजाइनको क्रप टप पनि सुहाउँछ। पछिल्लो समय वान सोल्डर डिजाइन पनि चल्तीमा छ। युनिक देखिन चाहनेले यो डिजाइनको क्रप टप प्रयोग गर्न सक्छन्।

साडीसँग क्रप टप: क्लासी र स्मार्ट देखिनका लागि साडीसँग क्रप टप लगाउन सकिन्छ। विवाह वा पार्टीमा साडीसँग क्रप टपको संयोजनले परम्परागत लुक दिन्छ। ब्लाउजभन्दा क्रप टपले स्टाइलिस देखाउन सहयोग गर्छ।

क्रप टपको सही छनोट: क्रप टपको छनोट आफ्नो शरीरअनुसार गर्नुपर्छ। क्रप टप लगाउनुको मुख्य उद्देश्य भनेकै कम्मरलाई आकर्षक र सुन्दर देखाउनु हो। तर पेट ठूलो वा धेरै पातलो छ भने क्रप टपले शरीरलाई भद्दा र नराम्रो देखाउँछ। क्रप टप कस्तो डिजाइनको छनोट गर्ने र केसँग लगाउने भन्ने कुरालाई ध्यान दिनुपर्छ। पेट ठूलो छ भने क्रप टपलाई हाई वेस्ट पेन्टसँग लगाउनुपर्छ। धेरै दुब्ला–पातलाहरूले सिल्क वा हेभी फेब्रिक भएको क्रप टप रोज्नुपर्छ। ब्रेस्ट सानो हुनेहरूले हाइनेक भएको क्रप टप छनोट गर्न सक्छन्। उनीहरूले नेकलाइनमा एम्ब्रोइडरी गरेको वा नेकलेस नलगाउनु नै राम्रो हुन्छ। त्यससँगै हेभी वेस्ट भएकाहरूले हल्का फेब्रिकबाट बनेको क्रप टपको छनोट गर्नुपर्छ। उनीहरूले मिनिमल वर्क वा साधारण डिजाइन भएको टप लगाउन सक्छन्। नेकलाइन धेरै खुलेको क्रप टप नलगाएकै राम्रो हुन्छ।

यी कुरालाई ध्यान राखौं: यदि हेभी नेकपिस लगाउने हो भने नेकलाइनमा हेभी वर्क भएको वा एम्ब्रोइडरी गरेको क्रप टप नलगाउनु नै राम्रो हुन्छ। ब्रेस्ट हेभी नभएकाहरूले फुल स्लिभ लगाउन सक्छन्। क्रप टपमा हाई वेस्ट जिन्स राम्रो देखिन्छ। लो वेस्ट जिन्ससँग क्रप टप राम्रो देखिँदैन।

About Author

Advertisement