नेपाली महिला फुटवल टोलीले आज प्रधानमन्त्री ओलीसंग भेट गरे

IMG-20241031-WA0327

काठमांडू: नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन्। बुधबार काठमांडमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन्।
भेटका क्रममा खेलाडीले आफूहरुले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको गुनासो गरे। खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाइन्।
खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो प्रधानमन्त्री ओलीलाई राखिन्। ‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस्!’ उनले भनिन्, ‘तपाईंहरुले फाइनान्सियल सपोर्ट होस्, मेन्टल सपोर्ट होस्, तपाईंहरुले गरिदिनुभयो भने धेरै राम्रो हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement