बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तिहारमा अत्याधिक बिद्युत खपत गर्न आग्रह

IMG-20241031-WA0325

काठमांडू: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्।
विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि हुने उनले बताए।
कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने उनको भनाइ छ।
‘तिहारको लागि विद्युत आयात गर्नु पर्दैन। बढी पनि हुन्छ। कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु,’ उनले भने।

About Author

Advertisement