खादबारी: संखुवासभाको धर्मदेवी नगरपालिका -४ याक्खा चोकमा अवस्थित डोकेनी नृत्य स्मारक।यो नाच हरेक बर्ष तिहारमा लक्ष्मी पुजाको रात याक्खा जातिका महिलाहरुले धनकीदेवी ‘साङदाङराङमा’ र प्रकृतिदेवी ‘राजीराङमा’ को आराधना गर्दै नाच्ने गरिन्छ।त्यसो गर्नाले धनजनको क्षति र प्रकृति प्रकोपबाट सुरक्षित रहने विश्वास यस समुदयमा रहि आएको छ।