बेलबारीमा प्रेसर कुकर विस्फोट हुँदा महिलाको मृत्यु

IMG-20240629-WA0057-copy-10

बिराटचौक: मोरङमा प्रेसर कुकर विस्फोट हुँदा घाइते भएकी महिलाको १२ दिनपछि मृत्यु भएको छ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका-६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको हो। घरमा खाना पकाउने क्रममा अक्टूबर १९को बिहान प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन्।
कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जोशीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement