टेस्ट बलरहरूका ऱ्याङकिंगमा रबाडा शीर्ष स्थानमा

IMG-20241031-WA0000

दुबई: दक्षिण अफ्रिकाका पेस बलर कगिसो रबाडाले आईसीसी पुरुष टेस्ट बलरहरूका ऱ्याङकिंगमा भारतीय पेस बलर जसप्रीत बुमराहलाई पछि छोड़ेर शीर्ष स्थान हासिल गरे। वर्तमान वर्ल्ड टेस्ट च्याम्पियनशीपको अवधि असाधारण फर्ममा रहने रबाडालले हालै मीरपुरमा बंग्लादेशविरुद्ध पहिलो टेस्ट म्याचमा ९ विकेट लिएर यस प्रारूपमा आफ्नो ३०० विकेट पूरा गरेका थिए। मीरपुरमा खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो। यसको विपरीत बुमराहले न्यूजील्याण्डविरुद्ध पुणेमा खेलिएको दोस्रो टेस्ट म्याचमा एक विकेट पनि लिएका थिएनन्। यसले गर्दा उनी २ स्थान झरेर तेस्रो स्थानमा पुगेका छन्। अष्ट्रेलियाका जोश हेजलवुड दोस्रो स्थानमा पुगेका छन्। भारतका अनुभवी अफ् स्पिनर रविचन्द्रन अश्विन पनि दुई स्थानको नोक्सानसहित झरेर चौथो स्थानमा पुगेका छन्। यसरी अष्ट्रेलियाका कप्तान प्याट कमिन्स शीर्ष ५ बलरहरूमा सामेल भएका छन्। रावलपिण्डीमा हालै ईंग्ल्याण्डविरुद्ध तेस्रो तथा अन्तिम टेस्ट म्याचमा असाधारण बलिंग गर्ने पाकिस्तानका स्पिनर नोमान अली शीर्ष १०-मा नयाँ सदस्य हुन्। भारतविरुद्ध ऐतिहासिक सीरीज जीतको अवधि न्यूजील्याण्डको नायक बनेर अघि आउने स्पिनर मिचेल सेण्टनरले ऱ्याङकिंगमा ३० स्थानको सुधार गरेका छन्। पुणे टेस्ट म्याचमा १३ विकेट लिने देब्रे हातका स्पिनर ऱ्याङकिंगमा ४४औं स्थानमा पुगेका छन्।
ब्याटरहरूका सूचीमा युवा ओपनर यशस्वी जयसवालले पुणे टेस्टमा न्यूजील्याण्डविरुद्ध ३० र ७७ रनको ईनिंग्सको साथ एक स्थान अघि बढ़ेर तेस्रो स्थान हासिल गरेका छन्। यस प्रारूपमा उनी भारतका शीर्ष ब्याटर हुन्। विकेटकीपर ब्याटर रिषभ पन्त र विराट कोहलीको ब्याटिंग ऱ्याङकिंगमा पनि ह्रास आएको छ। पन्त ५ स्थान झरेर ११औं र कोहली ६ स्थान झरेर १४औं स्थानमा पुगेका छन्। न्यूजील्याण्डका डेवोन कन्वे (८ स्थान माथि २८औं), टम लाथम (६ स्थान माथि ३४औं) र ग्लेन फिलिप्स (१६ स्थान माथि ४५औं स्थान)-को साथमा दक्षिण अफ्रिकाका काइल वेरिन (१४ स्थान माथि ३२औं)-ले टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा महत्त्वपूर्ण बढ़त हासिल गरेका छन्। टेस्ट अलराउण्डरहरूका सूचीमा भारतका रविन्द्र जडेजा (नम्बर एक) र अश्विन (नम्बर दुई)-ले शीर्षमा असल बढ़त बनाएका छन्। बंग्लादेशका मेहदी हसन मिराज २ स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेका छन्। उनले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्टमा ब्याट र बलको साथ असल प्रदर्शन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement