अष्ट्रेलियाई प्रशिक्षक म्याकडोनाल्डको कार्यकाल बढ़ाइयो

IMG-20241030-WA0334

सिडनी: क्रिकेट अष्ट्रेलियाले बुधवार आफ्नो राष्ट्रिय पुरुष टीमका मुख्य प्रशिक्षक एण्ड्रयू म्याकडोनाल्डको कार्यकाल २०२७-सम्म बढ़ायो। यसरी उनी दक्षिण अफ्रिकामा हुने आउँदो वनडे वर्ल्ड कपसम्म प्रशिक्षक पदमा रहनेछन् । म्याकडोनाल्डले २०२२-को शुरुवातमा जस्टिन लेंगरको स्थानमा अष्ट्रेलियाई टीमको जिम्मेवारी लिएका थिए। उनी प्रशिक्षक रहँदा अष्ट्रेलियाको टीम आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप र वनडे वर्ल्ड कपमा च्याम्पियन बन्यो। यसको साथमा टीमले ईंग्ल्याण्डमा प्रतिष्ठित एशेज पनि आफूसँग कायम राख्यो। क्रिकेट अष्ट्रेलियाका सीईओ निक हकलेले भने, एण्ड्रयू पुरुष टीमको निम्ति उत्कृष्ट कोच साबित भए। उनी प्रशिक्षक रहँदा टीमले असाधारण सफलता हासिल गऱ्यो। उनले मजबूत प्रशिक्षण प्रणाली विकसित गरे अनि खेलाड़ीहरूलाई आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नको निम्ति असल माहोल तयार गरे। हामी उनको प्रदर्शनसँग खुशी छौं। यसैकारण उनको कार्यकाल बढ़ाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement