बागडोग्रामा हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु

IMG-20241030-WA0224

बागडोग्रा: साथीहरूसँग छुट्टी मनाउन गएका सेनाको अधिकारी हात्तीको आक्रमणमा परी एक मृत्यु भएको छ। मृतकको नाम कुशल क्षेत्री हो। कुशल नागाल्याण्डको गोर्खा रेजिमेन्टमा कार्यरत थिए।
कुशल क्षेत्री मंगलबार बागडोग्राको पान्थबारी क्षेत्रमा साथीहरूसँग घुम्न गएको बताइएको छ। बागडोग्राको बालासन नदी नजिकै तिरहाना वन क्षेत्रमा रहेको कुशललाई हात्तीले आक्रमण गरेको थियो। जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो। पछि स्थानीयले वन अधिकारीलाई खबर गरेपछि। खबर पाएर वन विभागको बागडोगरा रेन्ज, हात्ती टोली र बागडोग्रा पुलिस घटनास्थलमा पुगेर सैनिक जवानको लाश बरामद गरेको थियो। घटनाका कारण क्षेत्र शोकमा डुबेको छ।

लाशलाई पोष्टमार्टमका लागि आज उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। बागडोग्रा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement