हराएको मोबाइल फोन भेट्टाएर पुलिसले मालिकलाई फिर्ता गरे

titu

सिलगढी: हिजो पेसाले शिक्षक तथा बालुरघाट निवासी गौर कान्तो दास आफ्ना साथीसँग सिलगढी घुम्न आएका थिए। घुमफिर गरेपछि उनी साथीसँग माटिगडाबाट टोटो लिएर बालुरघाट जाने बस समात्न जंक्शन पुगे। तर, टोटोबाट ओर्लने क्रममा उनको खल्तीबाट मोबाइल सडकमा खसेको थियो। त्यसपछि एक व्यक्तिले सडकमा खसेको मोबाइल भेट्टाए। तर जंक्शन ट्राफिक गार्डमा ड्युटीमा रहेका ट्राफिक एसआई टिटु साहले त्यो देखे। त्यसपछि तत्काल कारबाही गर्दै उनले उक्त व्यक्तिलाई रोकेर उनीबाट फोन खोसे अनि अनुसन्धान गरेर फोन वास्तविक मालिकलाई फिर्ता गरियो। यसैबीच हराएको मोबाइल फिर्ता पाएपछि शिक्षक गौरकान्तो दास निकै खुसी छन्। यसका लागि उनले ट्राफिक अधिकृत टिटु साहलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement