कैलालीमा दश बजेपछि देउसी भैलो खेल्न प्रशासनबाट रोक

IMG-20241030-WA0198

धनंगढ़ी: कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति नै प्रभावित हुनेगरी कानून विपरितका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले १० बजेपछि मनोरञ्नजनात्मक कार्य गर्न नपाइने उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement