धान खेतमा १६ वर्षीया युवतीको झुण्डिएको शव भेटियो

IMG-20240629-WA0057-copy-10

दक्षिण दिनाजपुर: दक्षिण दिनाजपुर जिल्लाको तपन थाना क्षेत्रको पूर्वी बसुरियाको धानको खेतमा १६ वर्षीया युवतीको झुण्डिएको अवस्थामा शव भेटिएपछि सनसनी फैलिएको छ। स्थानीय स्रोतका अनुसार तेलीपुकुर निवासी बालिका हिजो राति घर नजिकैको विवाह समारोहमा गएकी थिइन्। राति पर्दा पनि घर नफर्केपछि परिवारले खोजी गर्न थाले। बिहान घरबाट करिब ५०० मिटर टाढा धान खेतमा रुखको हाँगामा झुण्डिएको अवस्थामा उनको शव स्थानीयले देखे। शवको छेउमा उनको मोबाइल फोन थियो। उनको दुष्कर्मपछि हत्या भएको परिवारको आरोप छ। छोरीको मृत्युप्रति दुःख व्यक्त गर्दै आमाले भनिन्, ‘मेरी छोरीको कुनै शत्रु थिएन। यस्तो दु:खद घटना कसरी भयो म बुझ्न सक्दिन।‘ परिवार मात्र होइन सिंगो गाउँ नै दु:खित छ। यो आत्महत्या नभएर नियोजित हत्या भएको स्थानीयको दाबी छ। खबर पाएपछि तपन पुलिस चौकी घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement