इटानगर: अरुणाचल प्रदेशका राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) केटी परनायकले आज तवाङ जिल्लामा वास्तविक नियन्त्रण रेखाको भ्रमण गर्दै विभिन्न सीमा चौकीहरूमा सैनिकहरूसॅंग कुराकानी गरे।
राज्यपालले बुमलामा सूबेदार जोगिन्दरसिंह स्मारकमा पुष्पांजलि अर्पित गरे। राज्यकी प्रथम महिला अनाघा परनाइकसॅंग उनले सीमाको रक्षा गर्ने भारतीय सैनिकहरूप्रति सद्भावना संकेतको रूपमा बुमलामा पत्थरो के ढेर स्मारकमा शान्तिको ढुङ्गा राखे।
राज्यपालले भने, अरुणाचल प्रदेशमा अन्तरराष्ट्रिय सीमा अत्यधिक सामरिक महत्वको छ र राष्ट्रिय सुरक्षाको निम्ति एकदमै संवेदनशील छ। उनले सैनिकहरूलाई सतर्क रहन र यी संवेदनशील क्षेत्रहरूको सुरक्षामा भारतीय सशस्त्र बलहरूको विशिष्ट परम्परालाई कायम राख्न आग्रह गरे।










